इजरायलमा आतंकावादी समूहको आक्रमणबाट ७ जना नेपालीको मृत्यु

लोकपथ
238
Shares

काठमाडौं । इजरायलमा शनिबार भएको आतंकवादी हमलामा सात जना नेपालीको मृत्यु भएको छ ।

इजरायलको दक्षिणी क्षेत्र किबुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहले गरेको रकेट आक्रमणमा परी ७ जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलका पूर्व अध्यक्ष दीपक ओलीले लोकपथलाई जानकारी दिए ।

स्थानीय सोसियल वेलफेयरलाई उदृत गर्दै ओलीले लोकपथसँग भने, ‘७ जना घाइते नेपालीको मृत्यु भएको भनेर सोसियल वेलफेयरले घोषणा गरेको छ । अ? थप विवरण आउने क्रम जारी नै छ ।’

मृत्यु भएका सबैलाई आतंककारी समूहको गोली लागेको थियो । कृषि फार्ममा कार्यरत नेपालीह? बंकरतर्फ जाँदै गर्दा एकाएक गोली लागेको थियो । यसबारेमा नेपाली दूतावास इजरायलले भने कुनै पुष्टि गरेको छैन । दूतावासले भने अझै १२ जना नेपाली आफूह?को सम्पर्कमा नरहेको जनाएको छ ।

दूतावासका अनुसार घाइते ३ जना अस्पतालमा भर्ना भएकामा एक जना चाहिँ डिस्चार्ज भइसकेका छन् । यस्तै दुई जना अहिलेसम्म बंकरभित्रै सकुसल रहेका छन् । उनीह?लाई आइतबार कार्यरत कम्पनीले खानेकुरा लगेर दिएको जानकारी आएको नेपालका लागि इजरायलका राजदूत कान्ता रिजालले बताइन् ।

नेपाली समय अनुसार शनिबार बिहान ६ः३० बजेदेखि इजरायलको दक्षिण क्षेत्रमा प्यालेस्टाइनको हमास समूहबाट आक्रमण भएको थियो । हालसम्म सो आक्रमणबाट नेपालीबाहेक सयौंको संख्यामा मृत्यु र घाइते भएका तथा केही मानिसहरूलाई हमास समूहले अपहरण तथा बन्धक बनाएको बताइएको छ । सो क्षेत्रमा हवाई, जल र स्थलमार्गबाट प्यालेस्टाइनमा अवस्थित हमास समुहका लडाकुह? प्रवेश गरी आकस्मिक तवरले आक्रमण गर्ने एवं बन्धक बनाउने लगायतका गतिविधिहरू भएको जनाइएको छ ।

इजरायलमा हाल ४५०० नेपालीह? केयरगिभरको ?पमा कार्यरत रहेका छन् । इजरायलमा हाल अध्ययन गरिरहेका २६५ जना नेपाली विद्यार्थीहरू इजरायल सरकारको ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत गएका थिए । यसमध्ये नेपालको कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदुरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए ।
यी मध्ये सुदुरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपालीहरू दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा अध्ययनरत रहेका र उनीह? नै आक्रमणमा परेको परराष्ट्रमन्त्री एनपी साउदले संसदलाई जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?