१९औं एसियाडको भब्य समापन : २०औं संस्करण जापानमा

लोकपथ
182
Shares

काठमाडौं । १९औं एसियाली खेलकुद एसियाडको आइतबार भब्य समापन भएको छ । तीन वर्षपछि जापानमा भेट्ने बाँचासहित, हान्झाउस्थित हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा भब्य समारोहकाबीच हान्झाउ एसियाडको समापन गरिएको हो ।

विभिन्न प्रस्तुतिसहित बिग लोटस स्टेडियममा करिब दुई घण्टा चलेको समापन समारोह २०२६ मा हुने २०औं संस्करणको आयोजक जापानको आइची नागोयालाई झण्डा हस्तानतरण गर्दै समापन भएको हो ।

ओलम्पिक काउन्सिल अफ एसियाका एक्टिङ प्रेसिडेन्ट राजा रणधिर सिंहले आइची प्रोफेक्चरका गभर्नर नागोयाका डेपुटी मेयरलाई ओसीएको झण्डा हस्तान्तरण गर्दै १९औं संस्करणको समापन भएको घोषणा गरेका हुन् ।

एसियन गेम्सको सेलेब्रेसन सहित सहभागी देशका खेलाडीको मार्च पास गरिएको थियो । अन्तिममा हान्झाउ एसियाडको मुख्य नाराको रुपमा रहेको हार्टु हार्टको प्रस्तुति देखाइएको थियो ।

२३ सेप्टेम्बर मा चिनियाँ राष्ट्रपति सि जिङफिङले उद्घाटन गरेको १९औं एसियाड १६ दिन सञ्चालन भएको थियो । अहिलेसम्मकै ठूलो एसियाडको रुपमा रहेको हान्झाउमा ४५ देशका १२ हजार भन्दा बढी खेलाडी ले ४८१ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए । सहभागी ४५ मध्ये ४१ राष्ट्रले पदक जिते ।

जसमा आयोजक चीनले कीर्तिमानी २०१ स्वर्ण जित्दै आफ्नो प्रभुत्व कायम राख्दा जापान दोस्रो र दक्षिण कोरिया तेस्रो भयो । जसमा चीनले सर्वाधिक २०१ स्वर्ण १११ रजत र ७१ कास्यहसित ३८३ पदक जितेर शीर्ष स्थानमा रह्यो । जापान ५२ स्वर्ण ६७ रजत ६९ कास्यसहित १८८ पदक जितेर दोस्रोमा रह्यो भने दक्षिण कोरिया ४२ स्वर्ण ५९ रजत र ८९ कास्यसहित १९० पदक जितेर तेस्रोमा रह्यो । भारतले इतिहासकै सर्वाधिक २८ स्वर्ण जित्यो । ३८ रजत ४१ कास्यसहित १०७ पदक जितेर भारत चौथोमा रह्यो । नेपाल एक रजत र एक कास्य जित्दै संयुक्त रुपमा ३३औं स्थानमा रह्यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?