काठमाडौं । नबिल बैंकको ३४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बैंकको वार्षिक साधारण सभाले ३४ प्रतिशत लाभांश समेत पारित गरेको छ । सोमवार सम्पन्न भएको साधारण सभामा बैंकले दश प्रतिशत संस्थापक शेयर साधारण शेयरमा रुपान्तरण गर्ने प्रस्ताव समेत अनुमोदन गरेको हो ।
सभाले बैंक सञ्चालक समितीको गत वर्षको मुनाफाबाट प्रस्ताव गरेको २२ प्रतिशत नगद तथा १२ प्रतिशत बोनशका साथै ३४ प्रतिशत लाभांश पारित गरेको छ ।
यसअघि बिक्री गरेको १० प्रतिशत ८० लाख ३७ हजार २९ कित्ता शेयर संस्थापक शेयरलाई साधारण शेयरमा एनआईडिसी डेभलपमेन्ट बैंकले परिणत गर्ने भएको हो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले २ अर्ब १७ करोड ६८ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया