काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गर्दै आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा सहित ‘टिका अघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ ।
नेपाली बैंकिङ्ग क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंक लिमिटेडले ‘टिका अघि नै दक्षिणा’ योजना ल्याई महान चाड दशैंको हर्षोल्लासका अभिवृद्धि गर्ने भएको छ ।
यस योजनामा कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानि कारोबार गर्दा हरेक दिन पहिलो ५०-५० जनालाई बैंकद्वारा २५% अधिकतम ५०१ रुपैया सम्म Cash back दिइने छ । Cash back रकम POS, QR Payment तथा online payment बाट गरीने कारोबारमा प्रदान गरिनेछ ।
चाडबाडको यस अवसरमा कुमारी बैंक लिमिटेडले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधाहरु आगामी असोज २८ देखी कार्तिक ५ गते सम्म लागु हुने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया