इजरायल-हमास द्वन्द्व : अमेरिका र बेलायतलगायतका देशले भने- ‘हामी इजरायलको साथमा छौं’

लोकपथ
105
Shares

काठमाडौं । आतंकवादी संगठन हमास र इजरायलबीच द्वन्द्व जारी रहेको छ। यो आक्रमणमा अहिलेसम्म करिब १६०० जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

हमासको आक्रमणपछि धेरै देशहरु इजरायलको समर्थनमा आएका छन् । अमेरिका, बेलायत, फ्रान्सलगायत धेरै देशले संयुक्त विज्ञप्ति जारी गर्दै हमासको आक्रमणको निन्दा गरेका छन् ।

इजरायलमा आतंकवादी संगठन हमासले गरेको आक्रमणले विश्वभर हलचल मच्चाएको छ । हमासको आक्रमणलाई लिएर पश्चिमी देशहरूले इजरायललाई साथ दिएका छन् भने प्यालेस्टाइनको समर्थनमा पश्चिम एसियाका इस्लामिक राष्ट्रहरू एकजुट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?