एजेन्सी । जिनेदिन जिदानले पुनः रियल म्याड्रिडको प्रशिक्षकमा नियुक्त भएका छन् ।
जिदानले गत मे महिनामात्र रियल म्याड्रिडको प्रशिक्षक पद त्यागेका थिए । तर, १० महिनाको अन्तरालमा उनले फेरी रियल म्याड्रिडको प्रशिक्षण सम्हाल्ने भएका हुन् । जिदानले रियल छाडेपछि सान्टियागो सोलारीलाई प्रशिक्षकको जिम्मेवारी दिएका थिए ।
तर, उनको प्रशिक्षणमा रियल म्याड्रिडले खराब प्रर्दशन गर्दै आइरहेको छ । गत साता सम्पन्न च्याम्पियन्स लिगको प्रि क्वाटरफाइनलको दोस्रो लेगको खेलमा रियल म्याड्रिड आयाक्ससँग ४-१ गोलअन्तरले पराजित भएको थियो ।
रियल समग्रमा ५-३ गोल अन्तरले पछि पर्दै च्याम्पियन्स लिगबाट बाहिरिएको थियो । पछिल्लो २२ वर्षमा रियल म्याड्रिड च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको यो पहिलो पटक हो ।
जिदान अब सन् २०२२ सम्म रियल म्याड्रिडमा हुनेछन् ।
४६ वर्षीय जिदान रियल म्याड्रिडका पूर्व मिडफिल्डर समेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया