अमेरिकी भेनस इन्डियन वेल्स टेनिसको चौंथो चरणमा प्रवेश

एजेन्सी । अमेरिकी भेनस विलियम्स जारी इन्डियन वेल्स टेनिस च्याम्पियनसिपको चौंथो चरणमा प्रवेश गरेकी छिन् । 

सोमवार राति सम्पन्न भएको महिला एकलतर्फको तेस्रो चरणको खेलमा भेनसले आफ्नै देशकी क्रिस्टिना म्याकेहललाई २-० को सोझो सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेकी हुन् । उनले म्याकेहललाई ६-२ र ७-५ को सेटमा पराजित गरिन ।

खेलको पहिलो सेटमा सहजै पराजित भएकी म्याकेहल दोस्रो सेटमा भने भेनसलाई निक्कै कडा टक्कर दिएकी थिइन् । अब भेनसले चौंथो चरणको खेलमा मोना बार्थेलको सामना गर्नेछिन् । बार्थेले तेस्रो चरणको खेलमा जुलिया गोर्गेसलाई पराजित गरेकी थिइन । 

यता पुरुष एकलतर्फको खेलमा विश्व नम्बर तीन एलेक्जेन्द्रर जेभरेभ ५५ औँ वरियताका जान लेन्नार्ड स्ट्रुफसँग ६-३ र ६-१ को सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन् ।

उनले चौंथो चरणको खेलमा मिलेस रावनिकसाग भिड्ने छन् । रावनिकले तेस्रो चरणको खेलमा अमेरिकी मार्कोस जिरोनलाई ४-६, ६-४ र ६-४ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?