उत्कृष्ट कभर भिडियो बनाउनेलाई १ लाख, टिकटकमा भिडियो बनाउनेलाई २२ हजार

काठमाडौं । गायक सन्तोष लामाको स्वर रहेको गीत ‘चाइनाको रेल’को कभर भिडियो प्रतियोगिताको घोषणा गरिएको छ । 

उत्कृष्ट कभर भिडियो बनाउनेलाई १ लाख ११ हजार र टिकटकमा उत्कृष्ट भिडियो बनाउने कोही एकलाई २२ हजार रुपैयाँ नगद पुरस्कार दिने निर्माण टिमले बताएको छ ।

उक्त गीत आइतवार युट्युबमार्फत सार्वजनिक गरिएको थियो । गीतमा हरि लम्सालले संगीत भरेका हुन् भने शब्द कृष्ण केसीको रहेको छ ।

गीतको भिडियोमा हास्यकलाकार सन्दीप क्षेत्री लगायत इन्दिरा जोशी, सन्तोष लामा, मुस्कान रानीको अभिनय रहेको छ भने कृस्टल क्लज ग्रुपको नृत्य पनि देख्न सकिन्छ । गीतको भिडियोलाई सन्दीप क्षेत्री र सन्देशजंग रानाले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?