विराटनगर, १० कात्तिक – एक युवकले खुकुरी प्रहार गरी केराबारी गाउँपालिका-६ की एक बालिकाको हत्या गरेका छन्। ३४ वर्षीय भक्तशेर लिम्बूले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएकी ११ वर्षीया सञ्चिता लिम्बूको उपचारका क्रममा मृत्यु भएको हो। भक्तशेर र सञ्चिता साइनोमा मामा-भान्जी हुन्सञ्चिताको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको बेलबारी इलाका प्रहरीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए। पाँचथरको साविक लिम्बा-७ घर भएका भक्तशेर तिहारमा केराबारी-६ स्थित दिदीको घरमा आएका थिए, अन्नपुर्णमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया