आयुष्मान खुरानाविरुद्ध कसले हाल्यो मुद्दा ?

बम्बई । बलिउड अभिनेता आयुष्मान खुराना यतिवेला कानूनी झमेलामा फसेका छन् । आफ्नो आगामी चलचित्र ‘बाला’लाई लिएर उनी यस झमेलामा फसेका हुन् । 

निर्देशक सुधीर मिश्राका सहयोगी कमलकान्त चन्द्राले फिल्म ‘विग’को कहानी चोरेको आरोप लगाउँदै आयुष्मान खुराना लगायत निर्माता दिनेश विजन र निर्देशक अमर कौशिकमाथि मुम्बईको हाई कोर्टमा मुद्दा हालेका छन् । 

‘बाला’ युवापुस्ताको कपाल खुइलिने समस्यामा आधारित रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?