काठमाडौं । तपाईको बैंक खातामा कति रकम छ या छैन् ? पहिलो चेक गर्नुहोस् ।
यदि तपाईको खातामा प्रयाप्त रकम छैन् । तर, जानी जानी कसैलाई झुक्याउन वा केही दिनको भाका राखेर बैंकमा पैसा निकाल्नु जानुस भन्दै हुनु हुन्छ भने होसियार ! तपाईले काटेको चेक बाउन्स भयो भने कानुनको फन्दामा पर्नु हुनेछ ।
चेक बाउन्सलाई मध्यनजरमा राख्दै राष्ट्र बैंकले आज ‘मंगलवार’ सूचना प्रकाशित गरेको छ । राष्ट्र बैंकले मंगलवार सूचना प्रकाशित गर्दै पैसा नभएको खाताको चेक नकाट्न वा नदिन सबैलाई अनुरोध समेत गरेको छ ।
प्रकाशित सूचनामा भनिएको छ, 'कसैले पनि आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी कसैलाई चेक काटी दिनु हुँदैन । यदि कसैले त्यस्तो कार्यगरी उक्त चेकको रकम भुक्तानी नभएमा बैंकिङ कसूर गरेको मानी चेक काट्ने व्यक्तिलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बिगो खुलेकोमा बिगो भराई बिगो बमोजिम जरिवाना र ३ महिनासम्म कैद सजाय हुने व्यवस्था रहेकाले त्यस्तो कार्य नगर्न, नगराउन यो सूचना जारी गरिएको छ ।'
यदि तपाईलाई झुक्याउन दिएको चेक बाउन्स भए सिधैं प्रहरीको उजुरी दिन पनि राष्ट्र बैंकले सुझाव दिएको छ । चेक बाउन्स उजुरीलाई प्रहरीले गम्भिर रुपमा हेर्दै आइरहेको छ ।
साथै चेक जारी गर्ने व्यक्तिलाई समेत प्रहरीले पक्राउ गर्छ । त्यतिमात्रै होइन, खातामा पैसा छ तर, काटेको चेकमा हस्ताक्षर नमिलेका कारण बैंकले साटिदिएन भने पनि त्यो चेक बाउन्स हुन्छ । त्यसैले चक काट्नुअघि हस्ताक्षर मिल्छ कि मिल्दैन भनेर ध्यान दिन पनि जरुरी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया