माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंकले ऋणपत्र जारी गर्ने भएको छ ।

बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो । बैंकले राष्ट्र बैंकमाऋणपत्र निष्काशनको अनुमति माग्दै आवेदन समेत दिएको छ । राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलका अनुसार माछापुच्छ्रे बैंकले ३ अर्बको ऋणपत्र निष्काशनका लागि अनुमति माग्दै आवेदन दिएको बताए । 

बैंकका डेपुटी सीइओ सन्तोष कोइरालाले वार्षिक १० दशमलब २५ प्रतिशत ब्याजदर दिनेगरी ऋणपत्र निष्काशन गर्न लागिएको जानकारी दिए ।  साथै उनले ऋणपत्रको अवधि १० वर्षको रहेको समेत बताए ।

‘राष्ट्र बैंकले अनुमति दिएपछि धितोपत्र बोर्डमा अनुमति माग्दै आवेदन दिने र बोर्डले पनि अनुमति दिएपछि छिट्टै ऋणपत्र निष्काशन गर्ने छौँ, सम्भवत आगामी वैशाखसम्ममा  ऋणपत्र निष्काशन गर्ने तयारी गरिरहेका छौँ’, उनले भने । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?