विराटनगर । पाँचौ संस्करणको साफ च्याम्पियनसिप अन्तर्गत नेपाल र भुटानबिचको पहिलो हाफको खेल सकिएको छ ।
विराटनगरस्थित शहिद रंगशालामा भएको उद्घाटन खेलको पहिलो हाफसम्म नेपालले २-० गोलको अग्रता लिएको छ । खेल शुरु भएको १३ मिनेट पनि बित्न नपाउँदै नेपालका लागि मन्जली कुमारी योन्जनले पहिलो गोल गर्दै क्लबलाई शु्रुवाती अग्रता दिलाइन् ।
उनले गोल गरेको तीन मिनेट पनि बित्न नपाउँदै साबित्रा भण्डारी ‘साम्बा’ले गोल गर्दै खेललाई २-० को अग्रता दिलाए । खेलको पहिलो हाफसम्म नेपालले भुटानलाई पुरै दवावमा राखेको थियो ।
नेपालका लागि अनिता बस्नेत, साम्बा र मन्जलीले केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन । प्रतियोगिताको पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए ।
तस्वीर गोल नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया