महिला साफ फुटबल : भुटानको पोष्टमा नेपालको तेस्रो गोल

विराटनगर । पाँचौ संस्करणको साफ च्याम्पियनसिप अन्तर्गत नेपाल र भुटानबिचको पहिलो हाफको खेल सकिएको छ । 

विराटनगरस्थित शहिद रंगशालामा भएको उद्घाटन खेलको पहिलो हाफसम्म नेपालले २-० गोलको अग्रता लिएको छ । खेल शुरु भएको १३ मिनेट पनि बित्न नपाउँदै नेपालका लागि मन्जली कुमारी योन्जनले पहिलो गोल गर्दै क्लबलाई शु्रुवाती अग्रता दिलाइन् ।

उनले गोल गरेको तीन मिनेट पनि बित्न नपाउँदै साबित्रा भण्डारी ‘साम्बा’ले गोल गर्दै खेललाई २-० को अग्रता दिलाए । खेलको पहिलो हाफसम्म नेपालले भुटानलाई पुरै दवावमा राखेको थियो ।

नेपालका लागि अनिता बस्नेत, साम्बा र मन्जलीले केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन । खेलको ५२ औँ मिनेटमा नेपालका हिरा कुमारी भुजेलको प्रहारले सहि दिशा दिन सकिनन् ।

खेलको ५३ औँ मिनेटमा कप्तान निरु थापाले गोल गर्दै खेललाई तेब्बर अग्रता दिलाइन् । लगतै उनले हेडमार्फत गोल गर्ने मौका गुमाइन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?