काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले भारतबाट आएका दुई महिला बाइक राइडरलाई स्वागत गरेको छ ।
बैंकका अनुसार ‘स्टप सेक्सुल भायलेन्स’ भन्ने नारा बोकी जनचेतना फैलाउँदै हिँडेका दुई बाइक राइडरलाई स्वागत गरेको हो ।
भारतबाट गत अक्टोबर १ मा मोटरसाइकलमा नेपाल आएका स्वाती आर र अनिता एमलाई बैंकले बालुवाटारस्थित कार्यालयमा स्वागत गरेको बैंकले जानकारी दिएको छ ।
बैंकका अध्यक्ष उज्जल सत्याल, प्रमुख कार्याकारी अधिकृत सुयोग श्रेष्ठ र बैंकका संस्थापक शेयरधनी हेमन्तकुमार प्रसादले बाइक राइडरलाई स्वागत गरेका हुन ।
यस स्वागत कार्यक्रमले स्टप सेक्सुल भायलेन्स भन्ने नारा बोकेर हिडेका बाइक राइडरलाई प्रेरणा मिल्ने र यो सन्देशले नेपालमा समेत जनचेतना फैलाउने विश्वास बैंकको रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया