विश्वकप छनोट : नेपाल भर्सेस लाओस (किकअफ)

लोकपथ
252
Shares

काठमाडौं । विश्वकप फुटबलको एसियाली छनोटको पहिलो चरणको खेलमा हाल नेपालले लाओसको सामना गरिरहेको छ । काठमाडौंको दशरथ रंगशालामा साढे ५ बजेबाट नेपाल र लाओसबीचको खेल सुरु भएको हो ।

लाओसविरुद्ध मैदान उत्रदा नेपाल आफ्नो पहिलो जितको खोजमिा हुनेछ । दुई लेगको खेलमा जित निकाल्ने टिम एसिया छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछन् ।

कप्तान किरण चेम्जोङ समेत लाओसविरुद्ध खेल्न आफुहरु तयारी अवस्थामा रहेको बताएका छन् । उनले बिहीबार दशरथ रंगशालामा भरिभराउ दर्शकको अपेक्षा र आह्वान समेत गरेका छन् । नेपाली फुटबल टिमले बिहीबार हजारौं दर्शकको अपेक्षा दशरथ रंगशालामा गरेको छ ।

विश्वकप छनोटमा नेपालले लाओसविरुद्ध खेल्ने प्लेइङ ११ सार्वजनीक गरेको छ ।

किरण चेम्जोङ नेतृत्वको नेपाली टिममा अनन्त तामाङ, जिलेस्पी जंग कार्की, आशिष चौधरी, लकेन लिम्बु, आभाष लामिछाने, अन्जन विष्ट, आयुश घलान, सनिश श्रेष्ठ, मनिष डाँगी र रोहित चन्द छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?