डण्डीबियो प्रतियोगिता बुधवारबाट शुरु हुँदै

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा तेश्रो माध्यमिक विद्यालयस्तरीय डण्डीबियो प्रतियोगिता आजबाट शुरु हुँदैछ । 

प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र धादिङका २० टिमको सहभागिता छन् ।

नेपाल डण्डीबियो संघको समन्वयमा हुने प्रतियोगिताको विजेताले २० हजार, उपविजेताले १५ हजार र तेश्रो हुनेले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताका खेलहरुले त्रिपुरेश्वरस्थित राखेप हातामा हुनेछ । फाइनल शुक्रबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?