काठमाडौं । सोमवार बसेको संघीय संसदको सार्वजनिक लेखा समितिमा सांसदहरुले वाइडबडी विमानका बारेमा प्रश्न उठाएका थिए ।
नेपाल वायुसेवा निगमले फेब्रुअरी १ देखि जापानको ओसाका र मार्च १ देखि चीनको ग्वाङजाओमा सातामा ३–३ वटा उडान भर्ने घोषणाबारे समितिमा सांसदहरुले प्रश्न गठाएका थिए ।
निगमले आफैंले सार्वजनिक गरेको तालिका र व्यावसायिक योजनाअनुसार जापान र चीनमा विमान उडान सकेको छैन ।
समितिमा उपस्थित निगम सञ्चालक समितिका चार सदस्यले ढिलाइको कारणबारे चित्तबुझ्दो जवाफ दिन सकेनन् ।
समितिले मंसिर ९ गते डाकेको बैठकमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले फेब्रुअरीमा जापान र मार्चदेखि चीनमा उडान गर्ने सुनाएका थिए । तर, सोमवारको बैठकमा निगम सञ्चालक समिति सदस्य अच्युत पहाडीले युरोपियन युनियनले नेपाली वायुसेवा कम्पनीलाई आफ्ना सदस्य राष्ट्रमा लगाएको निषेधका कारण अहिल्यै जापान र चीनमा उडान गर्न नसकिने बताएका थिए । ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया