यी तीन प्रदेशमा आज वर्षाको सम्भावना

लोकपथ
0
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ ।

बागमती प्रदेशका थोरै स्थानहरूमा र कोशी प्रदेशका एक दुई स्थानमा मेघगर्जन चट्टयाङ्गसहित हल्का वर्षा भइरहेको छ ।
दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ  ।

राती भने कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भु–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशको थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?