काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले नेपालले खेल्ने त्रिकोणात्मक सिरिजबाट आफ्नो नाम फिर्ता लिएका छन् ।
लामिछानेले आफ्नो सामाजिक सञ्जालमा लेख्दै नेपाली टिमबाट आफ्नो नाम फिर्ता लिने घोषणा गरेका हुन् ।
‘म आफ्नो जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छु । र मलाई लागेको छ कि म आफैलाई पुनर्जीवित गर्नुपर्ने आवश्यकता छ । र मैले यो समय परिवारसँग बिताउन आवश्यक ठानेको छु ।’ सन्दीपले भनेका छन् ।
क्यानले टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप कात्तिक १ गतेदेखि यूएई र हङकङ सहित त्रिकोणात्मक क्रिकेट सिरिज गर्दैछ । पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
डबल राउण्ड रोबिनका आधारमा हुने सिरिजको फाइनल खेल कात्तिक १० गते मुलपानी मैदानमा हुने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया