फ्रान्सेली लिग वानमा पीएसजीको सहज जित

एजेन्सी । फ्रान्सेली लिग वान फुटबल प्रतियोगितामा पेरिस सेन्ट जर्मेनले सहज जित हात पारेको छ । 

मंगलवार राति सम्पन्न भएको खेलमा लिगको शिर्ष स्थानमा रहेको पीएसजीले रेलिगेसन जोनमा रहेको डिजोनलाई  ४-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । खेल शुरु भएको ७ मिनेट पनि बित्न नपाउँदै पीएसजीका लागि माक्र्विन्हाले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

त्यस्तै ४० औँ मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै क्लबलाई दोब्बर अग्रता दिलाए । खेलको पहिलो हाफमा २ गोलले अगाडि रहेको पीएसजीका लागि ५० औँ मिनेटमा एन्जल डि मारियाले गोल गरे । एरिक म्याक्सिमले खेल सकिनै लाग्दा गोल गरेपछि डिजोन स्तब्ध बनेको थियो ।

जितपछि डिजोनले पीएसजीले १७ अंकको अग्रता लिएको छ । पीएसजीको २७ खेलबाट ७४ अंक छ । डिजोनको २१ अंक मात्र छ । दोस्रो स्थानमा रहेको लिलेको ५७ अंक छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?