एक हजार ३ सय कर्मचारीलाई कारवाही गर्न राष्ट्रिय सतर्कता केन्द्रको सिफारिस

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले २८ जिल्लाका एक हजार २ सय ४० कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको छ । 

केन्द्रले २८ जिल्लाका ४ सय ५० सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा एक हजार २ सय ४० कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको हो । 

केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेका अनुसार छड्ेक अनुगमन गर्दा कार्यालय समय पालना नगर्ने ८ सय ९७ र तोकिएको पोशाक नलगाउने ३ सय ४३ कर्मचारीलाई कारबाहीको सिफारिस गरिएको हो । केन्द्रले सम्बन्धित कार्यालयका कार्यालय प्रमुखलाई पत्र लेख्दै ती कर्मचारीलाई कारवाही गर्न सिफारिस गरेको हो । 

केन्द्रले ४ सय ४३ कार्यालयमा रहेका नागरिक बडापत्रको अनुगमन गरेको छ । 

केन्द्रले नियमित रुपमा सरकारी कार्यालयको छड्के अनुगमन गर्ने गरेको छ । केन्द्रले गत आर्थिक वर्षमा ५२ जिल्लामा रहेका कार्यालयमा छड्के अनुगमन गर्दा दुई हजार ३ सय ७७ कर्मचारीलाई कारवाहीको लागि सिफारिस गरेको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?