बहराइन ७७ रनमै अलआउट, दिपेशले लिए ६ विकेट

लोकपथ
378
Shares

काठमाडौं । एसीसी यू–१९ प्रमियर कप क्रिकेटमा बहराइनले ७७ रन जोडेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले ३७ दशमलव ५ ओभरमा अलआउट हुँदै नेपाललाई ७८ रनको सामान्य लक्ष्य दिएको हो ।

नेपालका लागि दिपेश कँडेलले ६ र दुर्गेश गुप्ताले चार विकेट हात पारे । बहराइनका मुहममद बसिल अब्दुल हक्कीमले ३४ रन जोडे पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन ।

शीर्ष ३ टोलीले आगामी डिसेम्बरमा पाकिस्तानमा हुने यू १९ एसिया कप खेल्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?