काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुको कुल निक्षेप रकम ४९ खर्ब ५१ अर्ब रुपैंयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यही असोजको तेस्रो सातासम्ममा सञ्चालनमा रहेका ५४ वटा बैंक तथा फाईनान्स कम्पनीहरुले उक्त परिमाणमा कर्जा प्रवाह गरेका हुन ।
यसरी प्रवाह भएको कुल कर्जा रकम मध्येमा सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैंकहरुले मात्र प्रवाह गरेको कुल कर्जा रकम ४३ खर्ब ८४ अर्ब रुपैंयाँ रहेको छ । यस अवधिमा सञ्चालनमा रहेका १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितको ३४ वटा संस्थाहरुले प्रवाह गरेको कुल कर्जा रकम भने पाँच खर्ब ६७ अर्ब रुपैंयाँ रहेको राष्ट्र बैंकको भनाई छ ।
असोजको तेस्रो सातासम्ममा बैंक तथा फाईनान्स कम्पनीहरुको कुल निक्षेप रकम भने ५८ खर्ब ४७ अर्ब रुपैंयाँ पुगेको छ । यो निक्षेप रकममा बाँणिज्य बैंकहरुको हिस्सा ५१ खर्ब ६५ अर्ब र र विकास बैंक तथा फाईनान्स कम्पनीहको हिस्सा छ खर्ब ८२ अर्ब रुपैंयाँ पुगेको छ ।
यस अवधिमा बैंकिङ क्षेत्रमा कायम रहेको निक्षेप तथा कर्जा अनुपात (सिडी रेसियो) ८१ दशमलव ८१ प्रतिशत रहेको छ भने अल्पकालीन अवधिको औषत अन्तर बैंक कारोबार दर एक दशमलव ९१ प्रतिशत कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया