नेपालसँग बहराइन ७ विकेटले पराजित

लोकपथ
770
Shares

काठमाडौं । एसीसी यू-१९ प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । आइतबार भएको खेलमा बहराइनलाई ७ विकेटले पराजित गर्दै नेपालले दोस्रो जित हात पारेको हो ।

बहराइनले दिएको ७८ रनको लक्ष्य पच्छ्याएको नेपालले ११.४ ओभरमा तीन विकेट गुमाएर पुरा गर्यो ।

नेपालका लागि अर्जुन कुमाल र देव खनालको ६४ रनको साझेदारी जितका लागि उत्कृष्ट रह्यो । ३१ बलको सामना गरेका कुमालले ३२ रन र २७ बलको सामना गरेका खनाले पनि ३२ रन जोडे । त्यसबाहेक दिपक बोहराले ४ रन जोडे ।
उत्कृष्ट बलिङ गरेको नेपालका लागि बलर दिपेश कँडेलले सर्वाधिक ६ र दुर्गेश गुप्ताले चार विकेट लिए ।

प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । यो जित सँगै नेपालको आगामी डिसेम्बरमा पाकिस्तानमा हुने यू १९ एसिया कप खेल्न बलियो सम्भावना देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?