बुटवलको कालिकाचोकमा शंकास्पद वस्तु फेला, स्थानीय त्रसित

बुटवल । बुटवलको कालिकाचोकमा बिहीवार बिहनै शंकास्पद वस्तु फेला परेको छ । 

रुपन्देहीस्थित सिद्धार्थ राजमार्गको बुटवल बेलहिया खण्डको कालिकाचौकको ट्राफिक ब्रेकरमाथि शंकास्पद वस्तु फेला परेको हो । 

शंकास्पद वस्तु भेटिएपछि बुटवल आसपासका क्षेत्रमा त्रास फैलिएको छ ।

घटनास्थलमा प्रहरीले सुरक्षा दिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्लले बताए ।

यसैगरी बुधवार साँझ बुटवलका विभिन्न स्थानमा विष्फोटको आवाज आएको थियो । 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहले आज (बिहीवार) देशव्यापी बन्दको आह्वान गरेको छ ।

आफ्ना कार्यकर्ता माथि सरकारबाट भइरहेको धरपकड बन्द गरी पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै विप्लव समूहले बिहीवार नेपाल बन्द आव्हान गरेको छ ।

बन्दका कारण पूर्वपश्चिम तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा सार्वजनिक सवारी चलेका छैन भने शैक्षिक संस्था, बजार तथा औद्योगिक प्रतिष्ठानमा समेत बन्द भएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?