विप्लवप्रति सरकारको कडा निर्देशन, ‘हतियार बोकेको देखे गोली हान्नुस्’

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै देशभर सुरक्षा व्यवस्था कडा पारेको छ । 

सरकारले हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन समेत दिएको छ ।

‘हतियारसहित फेला परे तत्काल फायर गर्नु, चन्द समूहका कार्यकर्ता हतियारसहित हिँडेको फेला परे घुँडामुनि गोली हान्ने निर्देशन छ ।’ आन्तरिक विज्ञप्तिमार्फत सूचना आएको छ ।

यसैगरी हतियार बिना हिँडेको तर, नेतृत्वमा रहेको कार्यकर्तालाई जहाँ भेटे पनि पक्राउ गर्न र सामान्य कार्यकर्तामाथि पनि उच्च निगरानी राख्न निर्देशन छ । साथै सरक्षाकर्मीला

ई आफ्नो ज्यान, हतियार, कार्यालय, युनिटको सुरक्षा रणनीतिसहित सतर्क रहन निर्देशन दिइएको छ । 

सरकारले गत मंगलवार विप्लवमाथि प्रतिबन्ध लगाएको थियो । यो सँगै विभिन्न राजनीतिक दलले सरकारको यो कदमले उचित नभएको बताएका छन् भने विप्लवपा समूहले आज (बिहीवार) देशव्यापी बन्दको आह्वान गरेको छ ।

आफ्ना कार्यकर्ता माथि सरकारबाट भइरहेको धरपकड बन्द गरी पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै विप्लव समूहले बिहीवार नेपाल बन्द आव्हान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?