छोरीको जन्मदिनको अवसरमा धुर्मुस–सुन्तलीद्वारा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमलाई सहयोग

काठमाडौं । हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमका लागि एक लाखभन्दा सहयोग गरेका छन् । 

आज (बिहीवार) परेको आफ्नो छोरीको जन्मदिनको अवसरमा धुर्मुस–सुन्तलीले १ लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेका हुन् । 

सितारामले फेसबुकमार्फत यो कुराको जानकारी दिएका छन् । 

धुर्मुस सुन्तली फाउन्डेसनको पहलमा चितवनको भरतपुरमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय स्टेडियमको काम समेत शुरु भइसकेको छ । सितारामले फेसबुकबाट यसरी सहयोगको घोषणा गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘हाम्रा हरेक विषेश अवसरलाई यसरि नै समाज सेवा र राष्ट्र निर्माणमा लगाउने हो भने यो देश हाम्रै पालामा बन्ने छ ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?