फेडेरर र नाडाल इन्डियन वेल्स टेनिसको क्वाटरफाइनलमा प्रवेश

एजेन्सी । स्विट्जरल्याण्डका रोजर फेडेरर जारी इन्डियन वेल्स टेनिस च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवे गरेका छन् । 

बुधवार राति सम्पन्न भएको पुरुष एकलतर्फको प्रि क्वाटरफाइनल खेलमा स्विस फेडेररले बेलायती कायल एडमुण्डलाई २-० को सोझो सेटमा पराजित गदै अन्तिम आठमा प्रवेश गरेको हो । उनले एडमुण्डलाई ६-१ र ६-४ को सोझो सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेका हुन् । 

त्यस्तै स्पेनी राफेल नाडाल पनि क्वाटरफाइनलमा प्रवेश गरेका छन् । उनले सर्बियाका फिलिप क्राजिनोभिकलाई ६-३ र ६-४ को सेटा पाखा लगाउँदै अघिल्लो चरणको यात्रा तय गरेका हुन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?