सुन्दरी नायिका कलाको दिपकसँग महोत्सवमै रोमान्स (भिडियो)

काठमाडौं । लोक गायन क्षेत्रमा अलग्गै पहिचान बनाउन सफल नाम हो, कला लम्साल ।  सुन्दरी गायिकाको रुपमा समेत चिनिँदै आएकी उनी गायनको अलवा मोडलिङमा समेत सक्रिय छिन् । 

उनका करिब दर्जन एल्बम बजारमा आएका छन् । दुई दर्जन बढी गीत गाएकी उनको पुरुषोत्तम न्यौपानेसँग गाएको ‘तराई आँगन हिमालको छाना छ, कसले भन्यो हाम्रो देश सानो छ’, ‘बनैमा पुल्यो चमेली’ लगायत थुप्रै गीत हिट भएका छन् । 

उनको अहिले ‘ए साइली’ बोलको नयाँ गीत ल्याएकी छन् । यो गीत आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक भएको हो । शब्द, संगीत दीपक खड्काको रहेको यो गीतमा कलालाई स्वरमा दीपकले नै साथ दिएका छन् ।

गीतको भिडियोमा पनि उनी आफैँ देखिएकी छन् । महोत्सवको वातावरणमा छायाँकन गरिएको गीतको भिडियो छायाँकन तथा निर्देशन दुर्गा पौडेलले गरेकी हुन् । नविन घर्तीमगरको सम्पादन रहेको भिडियो एकता फिल्मस्ले निर्माण गरेको हो । 

यस्तै कलाकै स्वरमा रहेको अर्को गीत पनि आउने क्रममा रहेको छ । हाल रेकर्डिङ सम्पन्न भइसकेको ‘फूल राम्रो बास्नाले’ बोलको गीत केही दिनमै यूट्यूवमार्फत रिलिज गर्ने तयारी गरिएको छ । उनले आफ्नो सिर्जना आफ्नै युट्युव च्यानल कला लम्सालमार्फ सार्वजनिक गर्ने गरेकी छिन् । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?