काठमाडौं । मुकुन्द रिजाल स्मृतीकप सेभेन ए साइड फुटबल प्रतियोगिता आजबाट शुुरु भएको छ ।
काठमाडौं महानगरपालिका वडा नं १६ का वडाध्यक्ष स्वर्गीय मुकुन्द रिजालको सम्झनामा आयोजना गरिएको प्रतियोगिता आजबाट शुरु भएको हो ।
रानीवन युवा समूहद्वारा आयोजित उक्त प्रतियोगिता नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उद्घाटन गरेका हुन् । तारकेश्वर नगरपालिका वडा नं ५ अर्यालटारमा आयोजित खेलमा २८ वटा टिमले प्रतिष्पर्धा गर्नेछन् । नविन फुँयाल अध्यक्ष रहेको उक्त क्लबले आयोजना गरेको प्रतियोगिता कार्तिक ४ गतेसम्म चल्नेछ ।
शुरुवाती आजको खेलमा १२ वटा टिमले प्रतिष्पर्धा गर्नेछन् । भोलि कुनै प्रतियोगिता नहुने र मंगलबार १६ वटा टिमले प्रतिष्पर्धा गर्ने अध्यक्ष फुयाँलले जानकारी दिए ।
उक्त खेलको विजेता टिमले ४४,४४४ रुपैयाँ जित्नेछ भने दोस्रो हुने टिमले २२,२२२ जित्नेछ । त्यस्तै तेस्रो हुने टिमले ५,००० रुपैयाँ जित्नेछ ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ७ को क्षेत्रीय सभापति समेत रहेका रिजालको भदौ २१ गते निधन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया