नेकपा नेता शर्माको ट्विट, ‘प्रतिबन्ध र बम दुवै समाधान होइनन्’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले सरकारको प्रतिबन्ध र नेत्रविक्रम चन्द ‘विप्लवक’ समूहको हिंसा दुवै गत भएको बताएका छन् । 

नेता शर्माले दुवैको कार्यशौलिप्रति टिप्पणी गर्दै सामाजिक सञ्जाल ट्विटमार्फत सो धारणा राखेका हुन् । 

‘प्रतिबन्ध समाधान होइन, बम पड्काउनु त झन हुँदै होइन’, उनले ट्विट गरेका छन्, ‘चाहिएको समाधान हो । संविधान भित्रै मत,जनमत र अभिमत मार्फत खोजौं आ–आफना समाधान ।’

उनले भने ‘सरकारले विप्लवमाथि लगाएको प्रतिबन्ध र विप्लवबाट देभभर भइरहेको हिंसात्मक गतिविधि गलत हो ।’

सरकारले विप्लवमाथि लगाएको प्रतिबन्धलाई लिएर नेकपाभित्र मतान्तर बढिरहेको छ । 

उनले संविधानमार्फत दुवै पक्षलाई समस्याको समाधान निकाल्न समेत सुझाए दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?