काठमाडौं । एकदिवसीय विश्वकप २०२३ मा हालसम्म १२ खेल सम्पन्न भएका छन् । सबै टोलीले कम्तिमा दुई खेल खेलेका छन्।
पाकिस्तानमाथिको शानदार जितपछि भारतीय टोली अंक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । भारतले अहिलेसम्म तीन खेल खेलेको छ र तीनै खेलमा जित निकालेको छ ।
योसँगै, आयोजक भारतका लागि सेमिफाइनलको बाटो सहज भएको छ किनभने भारतले पहिलो तीन खेलमा दुई ठूला टोलीलाई पराजित गरेको छ । भारत पछि न्युजिल्यान्डले पनि पहिलो तीन खेल जितेको छ । न्युजिल्यान्डको टोली दोस्रो स्थानमा छ । भारत र न्युजिल्यान्ड बाहेक दक्षिण अफ्रिकाले पनि कुनै खेल हारेको छैन। दुई खेलमा दुई जित हात पारेको दक्षिण अफ्रिका अंक तालिकाको तेस्रो स्थानमा छ ।
भारतले अहिलेसम्म अष्ट्रेलिया, अफगानिस्तान र पाकिस्तानलाई हराएको छ । न्यूजिल्याण्डले इङ्ल्यान्ड, नेदरल्याण्ड र बंगलादेशलाई हराएको छ भने दक्षिण अफ्रिकाले श्रीलंका र अष्ट्रेलियालाई हराएको हो ।
आईसीसी क्रिकेट विश्वकप २०२३ अंक तालिका :
टोली खेलेको जित हर अंक नेट रन रेट
भारत ३ ३ ० ६ +१.८२१
न्युजिल्याण्ड ३ ३ ० ६ +१.६०४
दक्षिण अफ्रिका २ २ ० ४ +२.३६०
पाकिस्तान ३ २ १ ४ -०.१३७
इंग्ल्याण्ड २ १ १ २ +०.५५३
बंगलादेश ३ १ २ २ -०.६९९
श्रीलंका २ ० २ ० -१.१६१
नेदरल्याण्ड्स २ ० २ ० -१.८००
अस्ट्रेलिया २ ० २ ० -१.८४६
अफगानिस्तान २ ० २ ० -१.९०७
पाकिस्तान चार अंकसहित चौथो स्थानमा छ । इंग्ल्याण्डले हालसम्म खेलेको दुई खेलमा एक जित र एक हार बेहोर्दै तालिकाको पाँचौं स्थानमा रहेको छ । बंगलादेशले पनि तीन खेलमा एक जित र दुई हारका साथ छैटौं स्थानमा छ ।
श्रीलंका, नेदरल्याण्ड, अस्ट्रेलिया र अफगानिस्तानले दुई–दुई खेल खेले पनि जित हात पार्न सकेका भने छैनन् । यो प्रतियोगिताको प्रारम्भिक चरण हो र अंक तालिकामा धेरै परिवर्तन हुने निश्चित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया