नेशनल लाइफ इन्स्योरेन्सको बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं ।  नेशनल लाइफ इन्स्योरेन्सको बोनस शेयर सुरक्षित गर्ने आज ‘बिहीवार’ अन्तिम दिन रहेको छ । 

इन्स्योरेन्स कम्पनीको १३ दशमलब ५० प्रतिशत बोनस शेयर सुरक्षित गर्ने बिहीवार अन्तिम रहेको हो । भोली ‘शुक्रवार इस्योरेन्सले साधारण सभा प्रयोजनको लागि ‘बुकक्लोज’ गर्दैछ । बोनश शेयर बिहीवारसम्म कायम गर्ने शेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्ने छन् ।

आगामी चैत्र १५ गते बस्ने इस्योरेन्सको ३० औँ वार्षिक साधारण सभाले १३ दशमलब ५० प्रतिशत बोनस अर्थात ३५ करोड ७७ लाख १३ हजार १९१ रूपैयाँ बराबरको बोनस शेयर र बोनस शेयर वापतको कर प्रयोजनको लागि १ करोड ८८ लाख २७ हजार १० रूपैयाँ नगद लाभांश अनुमोदन गर्नेछ ।

हाल कम्पनीको दुई अर्ब ६४ करोड ९७ लाख २७ हजार २४४ रूपैयाँ रहेको चुक्ता पूँजी रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?