आज पुनः १८ अर्ब ७० करोड रुपैयाँँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

लोकपथ
98
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबार पुन: १८ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्नै भएको छ । राष्ट्र बैंकका अनुसार आज अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने असोज ३० गते तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन ।

बिक्री गरिने कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको सात अर्ब ७० करोड, एक सय ८२ दिने अवधिको पाँच अर्ब र तीन सय ६४ दिने अवधिको छ अर्ब रुपैंयाँको रहेको छ । राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० माघ दुई गते, २०८१ बैशाख चार गते, २०८१ असोज २९ गते तोकिएको छ ।

यसअघि यही असोज २२ गते पनि राष्ट्र बैंकले १७ अर्ब ४६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?