मोरङमा प्रेसर कुकर बम फेला, डेढ घण्टादेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं । मोरङको बेलबारी नगरपालिका १० चिसाङ खोलाको पुलमा प्रेसर कुकर बम फेला परेको छ । 

पूर्व–पश्चिम राजमार्गको बीच भागमा बम फेला परेपछि डेढ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ । 

बम फेला परेको ठाउँमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छैन 

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईका अनुसार कुकर बमको माथिल्लो भागमा रातो टेप लगाइएको छ । 

कुकर बमबाट करिब २० मिटर लामो बिजुलीको तार जंगलतिर लगिए उनले बताए । 

स्थानीयबासीका अनुसार एक अपरिचित व्यक्तिहरुको समूहले यहाँ बम राखिएको छ यताउता नहिँड्न भएका छन् । 

स्थानीयबासीले भने, ‘एक अपरिचत व्यक्तिको समूहले हामी ‘विप्लव’का कार्यकर्ता हौं, बम राखिएको छ, यताउता नहिँड्नुहोला, भन्दै बम राखेर हिँडे ।’ 

डेढ घण्टादेखि प्रहरीले राजमार्ग बन्द गरेको छ भने पैदलयात्रुलाई पनि हिँडडुल गर्नमा रोक लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?