आज पहाडी भूभागमा पानी पर्ने : हिमाली क्षेत्रमा हिमपातको सम्भावना

लोकपथ
0
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी,बागमती प्रदेश सहित उच्च पहाडी भूभाग तथा तराईका एक–दुई स्थानहरूमा पानी पर्नुका साथै हिमपातको पनि सम्भावना रहेको छ ।

हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ । अहिले देशभर आंशिक देखी सामान्य बदली रही बागमती प्रदेशको केही स्थानहरुमा मेघ गर्जन चटयाङ सहित हल्का देखि मध्यम वर्षा भैरहेको विभागले जनाएको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, बागमती प्रदेश लगायत देशका पहाडी भू–भागका केही र तराईका एक–दुई स्थानहरूमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेको समेत विभागले उल्लेख गरेको छ ।

मंगलबार राती सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?