सीके राउतले जनकपुरमा बोलाए राष्ट्रिय परिषद्को बैठक

जनकपुर । सरकारसँग ११ बुँदे सहमति गरेर प्रदेश २ को राजधानी जनकपुर पुगेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतले राष्ट्रिय परिषदको बैठक बोलाएका छन् । 

राउतले यही चैत ४ र ५ गते जनकपुरमा राष्ट्रिय परिषद्को बैठक बोलाएका हुन् । 

बैठकमा सरकारसँग गरेको ११ बुँदे सहमतिको अनुमोदन र समीक्षा हुने गठबन्धनका कोष संयोजक दिपक शाहले बताए । साथै आगामी रणनीतिका बारेमा समेत छलफल हुने उनले बताए । 

राष्ट्रिय परिषद्को बैठकमा सहभागी हुने मधेशका २२ वटा जिल्लाका जनप्रतिनिधिहरु जनकपुर आउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?