युरोपेली युनियनबाट सम्बन्धविच्छेदका लागि तीन महिना थप

एजेन्सी । युरोपेली युनियनबाट सम्बन्धविच्छेदका लागि थप तीन महिना लम्ब्याउने प्रस्ताव बेलायत संसदद्वारा बहुमतले पारित भएको छ ।  

योसँगै अब बेलायतले इयुलाई ब्रेक्जिटका लागि थप तिन महिनाको समयका लागि आग्रह गर्ने बीबीसीले जनाएको छ । 

आगामी जुन ३० सम्मका लागि समय माग गर्ने प्रधानमन्त्री मेको तयारी छ । 

ब्रेक्जिट सहमति प्रस्ताव संसदमा पेश गर्ने योजनामा रहेकी प्रधानमन्त्रीले फेरी पनि प्रस्ताव अस्विकार भए समयसिमा अझै लम्बाउने बताएकी हुन् । 

युरोपेली युनियनका २७ राष्ट्रसँग समय थप्न आग्रह गर्ने बीबीसीले उल्लेख गरेको छ भने बिना सम्झौता ब्रेक्जिट हुन नदिने प्रधानमन्त्री मेको प्रयास छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?