काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सबै ऋणीहरुलाई व्याज भुक्तानीमा ५ प्रतिशत छुट दिने भएको छ ।
वाणिज्य बैंकले एक सूचना जारी गर्दै विजया दशमी, शुभ दिपावलीलगायतको पर्वको अवसरमा कार्तिक मसान्तसम्म व्याज भुक्तानी गर्ने ऋणीहरुलाई छुटको व्यवस्था गरेको हो ।
‘नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली, न्युु दँया भियन्तु र छठ पर्वको सुखद उपलक्ष्यमा मिति २०८० कार्तिक मसान्तसम्म व्याज भुक्तानी गर्ने सम्पूर्ण ऋणीहरुलाई सबै प्रकारको व्याज भुक्तानी रकममा ५ प्रतिशत छुट दिइनेछ ।’ जारी सूचनामा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया