बंगलादेशविरुद्ध आक्रामक खेल खेल्छौँ : प्रशिक्षक खड्का

विराटनगर । नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशविरुद्धको खेलमा जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रने बताएका छन् । 

शनिवार हुने समूह चरणको अन्तिम खेलमा बंगलादेशको सामना गर्दैछ । यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको नेपालले समूह विजेता बन्नका लागि बंगलादेशलाई हराउनै पर्छ । पहिलो खेलमा भुटानालाई ३-० गोल अन्तरले हराएको नेपाल आफ्नो अपराजित यात्रालाई कायम राख्दै खेलमा आफ्नो पक्षमा पार्ने रणनीतिका साथ मैदानमा उत्रदैछ । 

प्रशिक्षक खड्काले भने, ‘शनिवार हुने खेलमा नेपालले निक्कै आक्रामक खेल खेल्छ, सबै खेलाडीहरु फिट नै छन्, ४-४-२ मा नै खेलाडीहरुले मैदानमा उत्रनेछन्’, उनले भने । 

साथै उनले ३ अंक जोड्ने मुख्य लक्ष्य रहेको समेत बताए ।

समूह विजेता बन्ने लक्ष्यका साथ नै नेपालले खेल खेल्नेछ, उदाउँदो टिमको रुपमा रहेको बंगलोदशले पनि पछिल्लो समय राम्रो खेल खेल्दै आइरहेको छ, बंगलादेशको कमजोर पक्षको फाइदा उठाउँदै खेलमा जित निकाल्ने छौँ’, उनले लोकपथलाई भने । 

‘नेपालको फरवार्ड लाइन दक्षिण एशियाली राष्ट्र मध्येको सबैभन्दा उत्कृष्ट छ ।’

यता भुटानलाई २-० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको थियो । बंगलादेशको पनि समान ३ अंक नै छ । 

यता नेपाली टिमकी कप्तान निरु थापाले बंगलादेशविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने बताइन् ।

‘भुटानसँगको खेलमा सोचेअनुरुप खेल प्रदर्शन गर्न सकेको थिएन, तर, बंगलादेशविरुद्ध भने सुधारिएको खेल खेल्ने तयारीमा छौँ ।’, उनले लोकपथलाई बताइन् । 

जारी साफ च्याम्पियनसिपमा नेपालसहित ६ टिम सहभागि छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?