अमृतसर: राती सुनियो बम विस्फोटको आवाज, भएको के हो ?

एजेन्सी । भारतको पञ्जावको अमृतसर शहरमा बुधबार राती १–२ बजेको बीचमा ठूलो आवज सुनेपछि सामाजिक सञ्जालमा धेरै तरिकाको भ्रम फैलिन शुरु भयो । 

केही व्यक्तिहरुले दुईवटा ठूलो बम आवाज सुनेको भनेर पनि सामाजिक सञ्जालमा लेखेका थिए । तर, प्रहरीले भने उक्त शहरको कुनै पनि कुनाबाट केही असामान्य घटना घटेको भनेर रिपोर्ट नआएको बताए । 

अमृतसरका पुलिस कमिश्नर एसएस श्रीवास्तवले बीबीसीलाई भने,  “मैले पनि आवाज सुने, तर हामीले परै शहरमा सोध्यौं, त्यहाँबाट कुनै पनि रिपोर्ट आएको छैन, यो एक सोनिक बम हुन सक्छ।“ 

तर शुक्रवार बिहान अमृतसरको कमिश्नर शिव दुलार सिंहले भने कि त्यो आवाज सोनिक बमको नै थियो । 

सोनिक बम एक प्रकारको शक वेब्स(shock waves) हो जुन ध्वनिको गतीमा छिटो यात्रा गर्दछ । यो वेब्स धेरै तेज गतीमा चर्को आवाज सहित आकाशमा जान्छ । 

यी आवाज ठूलो सुपरसोनिक विमानहरु आकाशमा भएका कारण कारण हुन सक्छ । अमृतसरमा सुपरसोनिक विमानहरु पनि अमृतसर शहरको आकासमा उडेको हुन सक्ने आशंका गरिएको छ । 

स्थानीयवासीहरुले उक्त आवाजका कारण आफ्नो घर हल्लिएको जस्तो भएको बताए । 

केही विस्फोट भएको जस्तो आवाज सुनिएको भएपनि प्रहरीले आपातकालीन नम्वरमा कुनै पनि क्षेत्रबाट कुनै आकस्मिक जानकारी प्राप्त गरेको छैन् । 

यसबाहेक, धेरै व्यक्ति सोसल मिडियामा ठूलो आवाजको आफ्नो व्यक्तिगत धारणहरु लेखिरहेका छन् । 

अमृतसर, भारत र पाकिस्तानको सीमा नजिकैको एक प्रमुख शहर हो ।

पछिल्लो समय पाकिस्तानको बालाकोटमा भारतीय वायु सेनाको हमलापछि दुवै देशबीच तनाव वढेको छ । 

धेरै व्यक्तिहरुले अमृतसरमा सुनेका आवाजलाई दुई देशहरू बीचको तनावसंग जोडेका थिए । यो पहिलो पटक होइन सीमा नजिकको शहरको बारेमा सोशल मिडिया छलफल गरिएको । 

केही दिन पहिला पाकिस्तानको सियालकोटमा सैन्य कार्यलाई लिएर पनि सामाजिक सञ्जालहरुमा धेरै पकारको चर्चा भएको थियो जुन पछि झुटो सावित भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?