न्युजिल्याण्ड आक्रमण [अपडेट]: ४९ जनाको मृत्यु, २० गम्भीर घाइते

एजेन्सी । अज्ञात समूहले न्यूजिल्याण्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा आक्रमणगर्दौ मृत्यु हुनेको संख्या ४० पुगेको छ भने २० भन्दा धेरै गम्भीर घाइते भएका छन् ।

न्युजिल्याण्ड पुलिसका अनुसार यो घटनासंग सम्बधित तीन जना पुरुष र एक महिला सहित चार जनालाई पक्राउ गरिएको छ। तर प्रहरीहरुले अहिलेसम्म खतरा समाप्त भएको भन्न सक्ने अवस्था नरहेको बताएका छन् । 

अष्ट्रेलियन प्रधानमन्त्रीको स्कट मोरिसनले उक्त आक्रमणमा २८ वर्षीय अस्ट्रेलियन नागरिक रहेको पुष्टि गरेका छन् । 

डबलिन एयरपोर्ट प्रशासनले आक्रमणका कारण डबलिन र क्रिस्टचर्च बीचको सबै उडानहरु रद्द गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा उल्लेख गरिएको छ । 

न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेनले देशको नाममा सम्बोधन गर्दै सबै विवरणहरु स्पष्ट  नभएको तर यो दिनलाई न्यूजील्याण्डको सबभन्दा कालो दिन भएको बताएकी छिन् । 

प्रहरीले पनि हमला भएको क्षेत्रमा प्रवेश रोक लगाएको छ । उक्त इलाकाका सबै विद्यालय र अस्पतालहरु पनि बन्द गराइएका छन् । 

स्थानीय मिडियाको अनुसार, क्यान्टबरी जिल्ला अस्पतालले आकस्मिक योजना लागू गरेको छ। यसता  आपातकालीन समयका लगि भनेर सबै सवाहरु छुटाइएका हुन्छन् तर  कतिजना मानिस अस्पतालमा पुग्ने सम्भावना छ भन्नेबारे भने कुनै पनि जानकारी आइसकेको छैन् । 

यद्दपी, प्रहरीले यो  एक आतंककारी हमला हो वा होइन भन्नेबारे पनि कुनै स्पष्टीकरण दिएको छैन्  । तर न्युजिल्याण्डकी प्रधानमन्त्रीले भने यो घटनालाई आतंकवादी आक्रमणको रूपमा वर्णन गर्न सकिने बताएकी छिन् । 

अधिकारीहरुले पनि अर्को सूचना प्रकाशित नभएसम्म मस्जिदका सबै ढोकाहरु बन्द गर्न आदेश दिएका छन् ।  आक्रमणपछि राष्ट्रिय सुरक्षा स्तर उच्च पारिएको छ । 

सिरिज खेल न्युजिल्याण्ड गएको बंगलादेशको राष्ट्रिय क्रिकेट टोली संयोगले गोलीकाण्डबाट जोगिएका छन् । शुक्रबार बिहान प्रार्थनाका लागि न्युजिल्याण्डको दक्षिणी टापूको क्रिस्टचर्च मस्जिद जान लागेका बंगलादेशी टोलीका सदस्यहरू गोलीकाण्डबाट जोगिएका हुन्। आक्रमण हुँदा बाङ्ग्लादेशी टोलीका सदस्यहरू अल नूर मस्जिदमा थिए।

खेलाडी तमीम इकबाबालले ट्वीट गर्दै लेखे,  'पूरा टोली सक्रिय शूटरबाट सुरक्षित छौं ।'

  

उक्त घटनाप्रति सामाजिक सञ्जालमा धेरैले दुःख व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?