नेप्सेद्वारा ग्रामीण विकास लघुवित्तलाई हकप्रद निष्काशन गर्ने अनुमति

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले हकप्रद निष्काशन गर्ने अनुमति पाएको छ । 

वित्तीय संस्थाले धितोपत्र बोर्डबाट ५० प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति पाएको हो । लघुवित्तले १ दशमलब ०५ अनुपातमा ३२ लाख ७५ हजार कित्ता हकप्रद निष्काशन गर्ने अनुमति पाएको हो । 

कम्पनीको हाल ६५ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । कम्पनीको हकप्रद जारीपछि ९८ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?