काठमाडौं । त्रिदेशीय टि-२० सिरिजमा नेपाल र युएईबीचको जारी खेलमा नेपालले पहिलो विकेट लिएको छ ।सोमपाल कामील युएईका ओपनर खालिद साहको विकेट लिएका हुन् ।
नेपाल, यूएई र हङकङबीच त्रिदेशीय एक दिवसीय टि–२० श्रृंखला आजबाट सुरु भएको छ । पहिलो खेलमा नेपाल र यूएई भिडिरहेका छन्।
मूलपानी मैदानमा पहिलोपटक टि–२० अन्तर्राष्टिय म्याच भएको हो । यसअघि यहाँ एक दिवसीय खेलहरु भने भइसकेका छन् ।
नेपालका लागि सोमपाल कामीले पहिलो बल फ्याकेका छन् । नेपालले आज विशेषज्ञ स्पिनरका रुपमा मौसम ढकाललाई खेलाएको छ ।
नेपालको प्लेइङ ११ मा रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, अभिनाश बोहोरा र श्याम ढकाल (मौसम) छन् ।
सिरिजको लिग चरणका सबै खेल मुलपानी क्रिकेट ग्राउन्ड र फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया