करण केसीले लिए युएईको दोश्रो विकेट

लोकपथ
63
Shares

काठमाडौं । त्रिदेशीय टि-२० सिरिजमा नेपाल र युएईबीचको जारी खेलमा नेपालले दोश्रो विकेट लिएको छ ।करण केसीले यूएईका एलिसन सराफुको विकेट लिएका हुन् ।

उनले यूएईका एलिसन सराफुलाई ६ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् । करणले उनलाई आसिफ शेखद्वारा क्याच गराएका हुन् । यूएईले दोस्रो विकेट ३.१ ओभरमा गुमाएको हो ।

नेपाल, यूएई र हङकङबीच त्रिदेशीय एक दिवसीय टि–२० श्रृंखला आजबाट सुरु भएको छ । पहिलो खेलमा नेपाल र यूएई भिडिरहेका छन्।

मूलपानी मैदानमा पहिलोपटक टि–२० अन्तर्राष्टिय म्याच भएको हो । यसअघि यहाँ एक दिवसीय खेलहरु भने भइसकेका छन् । नेपालले आज विशेषज्ञ स्पिनरका रुपमा मौसम ढकाललाई खेलाएको छ ।

नेपालको प्लेइङ ११ मा रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, अभिनाश बोहोरा र श्याम ढकाल (मौसम) छन् ।

सिरिजको लिग चरणका सबै खेल मुलपानी क्रिकेट ग्राउन्ड र फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?