सरकारले तोकेको समयसिमाभित्र विप्लवले हतियार नबुझाए कारबाही गर्छौं : सञ्चारमन्त्री

काठमाडौं । सरकारले तोकिएको समयसिमाभित्र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेकपा समूहले हतियार नबुझाए कारबाही गर्ने चेतावनी दिएको छ । 

अनुमति नलिइ राखिएका हतियार तथा नविकरण नगरिएका हतियार ३५ दिनभित्र सम्बन्धित जिल्ला प्रहरी कार्यालय र सेनाको कार्यलयमा बुझाउन सरकारले हिजो ‘बिहीवार’ सूचना जारी गरेको थियो ।

सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै शुक्रवार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले गरिरहेको ध्वंसात्मक तथा चन्दा असुलीको गतिविधि नियन्त्रणका लागि कानून बमोजिम कदम चाल्ने समेत बताए ।

सरकारले आपराधिक तथा हिंसात्मक गतिविधि गरेको भन्दै उक्त पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?