सात महिनाको अवधिमा ५ खर्ब १५ अर्ब रेमिट्यान्स नेपाल भित्रियो

काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको सात महिनामा ५ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएकोे छ । 

नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या ३९ दशमलब २ प्रतिशतले घटेको छ । त्यस्तै विप्रेषण आप्रवाहमा २८ दशमलब ५ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्षको विप्रेषण आप्रवाह १ दशमलब ७ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकले अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६ दशमलब ० प्रतिशतले वृद्धि भएको जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६ दशमलब ४ प्रतिशतले बढेको थियो ।

गत माघ महिनामा मात्र खुद ट्रान्सफर आय २७ दशमलब ३ प्रतिशतले वृद्धि भएर ५ खर्ब ८६ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । 

चालु आर्थिक वर्षको सात महिनाको अवधिमा अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३९ दशमलब २ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४ दशमलब ९ प्रतिशतले घटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?