महिला क्रिकेटर सरितालाई ‘एसएम’को साथ

काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमका खेलाडी सरिता मगरलाई ‘एसएम’ पिन्टुले प्रायोगन गरेको छ । 

क्रिकेट खेल सामग्री उत्पादक कम्पनी एसएम पिन्टुले राष्ट्रिय टिमका महत्वपूर्ण खेलाडी मगरलाई प्रायोजन गरेको हो । अब एसएमले खेलाडी सरितालाई एक वर्षसम्म प्रायोजना गर्नेछ । यसअघि पुरुष खेलाडीले मात्र प्रायोजक पाउँदै आइरहेको थियो ।

सरिता महिला क्रिकेट खेलाडीमा व्यवसायिक क्षेत्रबाट प्रायोजक पाउने पहिलो खेलाडी समेत बनेकी छिन् । शुक्रवार एक कार्यक्रमको आयोजना गर्दै ‘एसएम’का प्रमुख कार्यकारी अधिकृत नितेश केसी र सरिताले प्रायोजक सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

यो सम्झौतासँगै अब ‘एसएम’ले सरितालाई आवश्यक खेल सामाग्री उपलब्ध गराउने बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?