एन आई सी एशिया बैंक अब सिरहाको भगवानपुरमा

काठमाडौं । एन आई सी एशिया बैंक लि ले भगवानपुर शाखा सञ्चालनमा आएको छ ।

बैंकले भगवानपुर गाउँपालिका वडा नं १, सिरहा स्थित भगवानपुर शाखा सञ्चालनमा ल्याएको हो । 

भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद यादवबाट शुक्रबार एक समारोहका बिच उक्त शाखा उद्घाटन गरेका हुन् ।

बैंकको मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?